भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
अमेरिकाको भर्जिनिया राज्यमा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु भएको छ । भर्जिनियाको स्वास्थ्य अधिकारीहरुले उक्त १० बर्षिय बच्चाको मृत्यु कोरोना जटिलता भएको कारण मृत्यु भएको जनाएका छन् ।
उक्त बच्चा मध्य भर्जिनियामा बसोबास गर्ने भन्दै कोरोना भाइरस र अन्य दीर्घ स्वास्थ्यको कारण निधन भएको जनाएका छन । उक्त बच्चा बालक या बालिका हो भने बारेमा गोपनियता राखिएको छ ।
डा नर्मन ओलिभर भर्जिनिया राज्य स्वास्थ्य बिभागका आयुक्त चिकित्सक नर्मन ओलिभरले विज्ञप्तिमा जारी गर्दै समवेदना व्यक्त गरेका छन् । उनले “वयस्कहरूको तुलनामा बच्चाहरूमा कोभिड-१९ को सक्रमण काम हुने प्रतिवेदन गरिएको छ भने बच्चाहरू यस रोगबाट मुक्त भने हुँदैनन्।”भनि उल्लेख गरेका छन् ।
ओलिभरका अनुसार अमेरिकाभरि ५ बर्ष मुनिका बच्चाको ८० जनाको मृत्यु भएको छ भने ५ देखि १७ बर्ष सम्म उमेरकाको १८० जनाको मृत्यु भएको जनाएका छन् ।
भर्जिनिया स्वास्थ्य विभागका अनुसार २४ हजार कोरोनाबाट संक्रमित ०-९ बर्ष उमेरका रहेका छन् । उक्त उमेरमा १९२ जना अस्पताल भर्ना भएको जनाएका छन् ।
श्रोत : डब्लुटिओपि
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया