आइतबार, चैत २९ २०७७
काठमाडौं २१:२६
वासिङटन डिसी 11:41

गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने

इनेप्लिज २०७७ फागुन २० गते १२:१५ मा प्रकाशित

अमेरिकामा खोप आए पछि केही मात्रामा संक्रमण र मृत्यु कमी आएता पनि टेक्सस र मिसिसिपीका गभर्नरहरुले मास्क (मुखावरण) नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने बताएका छन ।

टेक्ससका गभर्नर ग्रेग आबोट र मिसीसिपीका गभर्नर टेट रिभ्सले गत मगलबार राज्यमा मास्क(मुखावरण)लगाउनु पर्दै भनि आदेश हटाएका थिए । तर अझ पनि उक्त राज्यहरुमा संक्रमण र मृत्यु दरमा उल्लेखनीय कमि नआइसकेको र नया प्रजातिको कोरोना भाइरसको डर भै रहेको अवस्थामा उनीहरुले घोषणा गर्दा व्यापक बिरोध पनि आई रहेको छ ।

उक्त राज्यमा संचालनमा रहेका ठुला ब्यबसायहरु टार्गेट,क्रोगर,सिभिएस,वाल्ग्रिन,बेस्ट बाइ,मेसि। जेसी पनि ,टोयोटा ,जिएम,ह्यात लगायतले मास्क(मुखावरण)लाई निरन्तरता दिने बताएका छन् ।

उनीहरुले आफ्ना कर्मचारी र सम्भावित संक्रमणलाई ध्यान दिदै ग्राहक र कर्मचारीले मुखावरण लगाउनु पर्ने जनाएका छन । यता राष्ट्रपति जो बाइडेनले आफूले सपथ ग्रहण गरेको १०० दिन सम्म केवल सबैलाई अनिवार्य रुपमा मुखावरण लगाउन आग्रह गरेका थिए ।

साथै संघीय कार्यलयहरुमा अनिवार्य भनि उनले आदेश दिएका थिए ।

श्रोत : सिएनएन

प्रतिक्रिया