आइतबार, चैत २९ २०७७
काठमाडौं २२:३१
वासिङटन डिसी 12:46

वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा

इनेप्लिज २०७७ फागुन २० गते ११:४६ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित अमेरिकी सदनमा पुन आक्रमणको सम्भावना भएको मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा पारिएको छ ।

सदनको रक्षाको लागि तैनाथ र क्यापिटल प्रहरीले बिहीबार बिहान अमेरिकी क्यापिटल(सदन)को उल्लंघन गर्ने सेनाको एउटा सम्भावित षड्यन्त्रको गुप्तचरले खुलासा गरेको बताएका छन।

गत जनवरी ६ का दिन करिव दुई महिना अघि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको भीडले भवनमा पसि बिद्रोह गर्दै तोडफोड गरेको थियो । जस्मा ५ जनाको ज्यान गएको थियो ।

यो खतरा षडयन्त्र सिद्धान्तसँग जोडिएको मुख्य रूपमा क्यूएननका समर्थकहरूले ट्रम्प मार्च ४ मा पुनः सत्तामा आउनेछन भनि प्रचार गरिएको छ । अधिकारीहरूले अनलाइन(साङ्गणिक)कुराकानीमा बिहीबार अमेरिकी सदनको बिरूद्ध सम्भावित षड्यन्त्र सम्बन्धी थ्री पर्सेन्टर नामक सरकार विरोधी मिलिशिया समूहका सदस्यहरु बीच छलफल भएको थियो भनि जनाएका छन ।

कानून प्रवर्तनका दुई अधिकारीहरुका अनुसार सार्वजनिक रुपमा बोल्ने अधिकार नभएका र नाम न छाप्ने सर्तमा उनीहरुले बोलेका थिए। जनवरी ६ मा क्यापिटलमा हमला गर्ने चरमपन्थीहरुमा तीन पर्सेन्टरका सदस्यहरु थिए भनि उनीहरुले जनाएका छन ।

संस्था(एजेन्सी)ले एक विज्ञप्ति जारी गरि “संयुक्त राज्य अमेरिकाको क्यापिटल(सदन) प्रहरी विभाग कांग्रेसका सदस्यहरू वा क्यापिटल परिसरप्रति सम्भावित खतराहरूको लागि सचेत छ र तयार छ,” भनि उल्लेख गरेको छ ।

“हामीले गुप्तचरबाट सूचना प्राप्त गरेका छौं र बिहीबार, मार्च ४ मा एक पहिचान गरिएको मिलिशिया समूहले क्यापिटलको उल्लंघन गर्ने सम्भाव्य षड्यन्त्र देखाउँदछ।” प्रहरीले उक्त बयानमा मिलिशिया समूहलाई पहिचान गर्न भने सकेको छैन ।

श्रोत : एपी/डब्लुटिओपी

प्रतिक्रिया