चलचित्र पत्रकार संघ सुनसरी गठन,अध्यक्षमा विनोद विश्वकर्मा

इनेप्लिज २०७७ फागुन २० गते १०:१८ मा प्रकाशित

सुनसरी।चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ।बुधवार हार्ट एफ एम धरान का कार्यक्रम संयोजक,रङ्ग पत्रकार बिनोद बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन भएको हो।

बुधवार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल,सचिव सुमन भट्टराई,सह सचिव शरुपा थापा मगर,कोषाध्यक्ष सविना बान्तवा सहित सदस्यहरुमा नरेन कुलुङ,रविन राउत,आर.बी.कट्वाल,राजकुमार खाती,प्रशान्त पुरी र सुप्रीया राई रहेका छन।समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछी थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए।

कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत,चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान अतिथी हरुमा म्याजिक सिनेमा हल संचालक,निर्माता तथा कलाकार पर्शुराम चौधरी , निर्माता तथा निर्देशक भीम लामा,संगित साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी,कलाकार तथा चलचित्रकर्मी महा संघ प्रदेश १ का महासचिव दिनेश कोइराला,वरिष्ठ संगीतकार गुरुदेव कामत,कोशी अनलाइनका सम्पादक सुविद गुरागाई,अग्रज पत्रकार कृष्ण अधीकारी,निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए।कार्यक्रममा फिल्मकर्मी राज कुमार राई प्रमूख अतिथीको रुपमा रहेका थिए।

कार्यक्रममा अग्रज पत्रकार पिवी दियाली, सहयोगी भित्ता इटहरीका अध्यक्ष भरत श्रेष्ठ,चलचित्र पत्रकार संघ,प्रदेश १ शाखा का कार्यसमिती सदस्य सुवास संकल्प, निर्देशक समाज नेपाल का सदस्य,निर्देशक भीषण राई,इलाइट सिनेमा इटहरी का संचालक नवराज केसी,निर्देशक समाज प्रदेश १ का सचिव बिनोद पुडासैनी, मैथिली कलकार सुनसरी संयोजक,सुजित कुमार शाह,निर्माता तथा कलाकार बिनोद पोमु,निर्देशक तथा कलाकार बिजय सुब्बा,कलाकार हिमाल दाहाल, सुरेन्द्र भुजेल,बाट घरे,अभिनेत्री कामना भुजेललगायतको उपस्थिती रहेको थियो।

चलचित्र पत्रकार संघ नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ।यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रिय समितिका महासचिव समीर बलामीले बताएका छन्।आउँदो चैत्र ३ गते संघले केन्द्रिय समितिको साधारण सभा यस अघि नै घोषणा गरेको छ।

 

प्रतिक्रिया