आइतबार, चैत २९ २०७७
काठमाडौं २२:१९
वासिङटन डिसी 12:34

मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ

इनेप्लिज २०७७ फागुन २० गते २:११ मा प्रकाशित

मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ गरिएको छ । मेरील्याण्डका दुई क्षेत्रका न्याय अधिकारले पूर्व प्रहरी प्रमुखले नौ बर्षको अवधिमा दर्जनौ घरमा आगजनी र हत्याको प्रयास गरेको आरोपको सामना गर्नु परेको छ ।

मेरिल्याण्डको एलीकट सिटीका ६९ बर्षिय डेभिड क्रफोर्डलाई बुधवार पक्राउ गरिएको छ । उनलाई प्रिन्स जर्जको, मोन्टगोमेरी, हावर्ड, फ्रेडरिक र चार्ल्स काउन्टीमा घरहरू, सानो सवारी साधन (कार)र यानशाला (ग्यारेज)हरूमा १२ स्थानमा आगो लगाएका थिए ।

क्रफोर्ड प्रिन्स जर्जको काउन्टी प्रहरी विभागमा प्रमुख थिए । र सन् २००० मा जिल्ला हाइट प्रहरी प्रमुखको रूपमा रहेका थिए भने उनि त्यहाँ सेवानिवृत्त भएका थिए ।

उनि मेरील्याण्ड प्रहरी विभागको लारेलको प्रमुखको रूपमा सेवा गरे र २०१० मा राजिनामा गरेका थिए । २०११ र २०२० बीचमा उनले अनेक ठाउँमा आगो लगाएको प्रिन्स जर्जको काउन्टी प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

घरमा लगाइएको आगोको बारेमा छुट्टै अनुसन्धान गरिएको थियो । प्रहरीका अनुसार सुरक्षाको लागि जडान भएका भिडियोमा आगो लगाउने तरिका समान विधि र त्यस्तै लुगा लगाएको देखिएको थियो ।

शृंखलावद्ध रुपमा आगो लगाउने क्रममा अन्तिम नोभेम्बर १७ मा क्लार्कसबर्गमा लागेको आगलागि पछि अन्वेषकहरूले घरहरूमा बस्ने मानिसहरूसंग बिगतमा क्रौफर्डको असहमति भएको बताएका थिए ।

गत जनवरीमा प्रहरीले क्रफोर्डको घरको लागि खोजी (सर्च वारंट )अनुज्ञा-पत्र जारी गरि घरमा छापा मारेका थिए । प्रहरीले अन्य चीजहरूमध्ये पीडितहरूको “लक्षित सूची” फेला पारेका थिए जसमा सरकार वा कानून प्रवर्तन अधिकारीहरू, साथै आफन्त र क्रफोर्डका दुई पूर्व चिकित्सकहरू थिए। ।

उनले सबै रातिको समयमा लगाएका गथिए । र ती मध्ये आधामा,मानिसहरु घर भित्र रहेका र कोही त्यतिबेला सुतिरहेका थिए भनि प्रहरीले जानकारी दिएका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया