आइतबार, चैत २९ २०७७
काठमाडौं २२:१३
वासिङटन डिसी 12:28

न्याकले आइतबार महिला दिवस मनाउने

इनेप्लिज २०७७ फागुन १९ गते २२:३७ मा प्रकाशित

वाशिंटन डिसी। नेपाली अमेरिकी सामुदायिक केन्द्र न्याकको महिला समितिद्वारा यही मार्च ७ आइतबारका दिन जुमबाट अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भएको छ।

न्याक महिला समितिको तर्फबाट तयारी गरिरहनु भएकी संयोजक सुनिता खत्रीले जानकारी दिनुभए अनुसार आइतबार बेलुका ६ बजेबाट सुरु हुने सो कार्यक्रममा अमेरिकाको डिसी मेट्रो क्षेत्रका विभिन्न संघसंस्था महिला दिदीबहिनीहरु र कलाकारहरुले समेत आफ्नो प्रस्तुतिहरु दिनुहुनेछ ।

कार्यक्रममा अधिबक्ता बन्दिता दाहाल, अधिकार अभियन्ता नर्बदा क्षेत्री, वरिष्ठ स्वास्थ्य परिचारिका मन्जु संग्रौला, पत्रकार तथा समताबादी अभियन्ता डोल्मा लामा र,सामाजिक अभियन्ता शैलेश श्रेष्ठ र एनआरएनए आईसिसि -अमेरिकाको लागि क्षेत्रिय महिला सॅयोजक उमा कार्की (२०१९-२०२१) सहित विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरु रहनु हुनेछ ।

कार्यक्रममा महिला हिंसा, महिला सशक्तिकरण र जनचेतना जगाउने विषयहरुदेखि लिएर विभिन्न नाच, गानका सांस्कृतिक र मनोरन्जनात्मक सामाग्रीहरु पनि प्रस्तुत गरिने छ ।

तलको जुम लिंकमा जोडिनुहुन पनि आयोजकहरुले अनुरोध गर्नुनभएको छ ।

Nepali American Community Center is inviting you to a scheduled Zoom meeting.
Topic: International Women’s Day Celebration by NACC Women’s Committee
Time: Mar 7, 2021 06:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting
https://zoom.us/j/95723555282
Meeting ID: 957 2355 5282

थप जानकारीका लागि देहाय बमोजिमका महानुभावहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

Sunita khatri. 7032971778

Dr. Kalpana Satyal: 5713342877

Bina Khadkalama: 7039016508

Sita Kafle: 7039750997

Sunita Subedi: 7032293516

Mandira Mainali: 7038959704

Manju Sangraula: 2023418696

Kamala Kharel: 7035011067

Laxmi Regmi : 7815703459

Mathura Subedi: 5714491250

Kamala dulal Neupane: 7035072174

Jayanti Bista: 5713342877

प्रतिक्रिया