ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल–नेपाल स्थायी कमिटी बैठकको निर्णय

इनेप्लिज २०७७ फागुन १९ गते १२:२१ मा प्रकाशित

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेता फेर्ने निर्णय गरेको हो ।स्थायी समितिको बैठकका निर्णयलाई केन्द्रीय कमिटी बैठकमा लगिनेछ ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरेपछि बस्ने संसदीय दलको बैठकमा दाहाल–नेपाल समितिका नेताहरूले संसदीय दलको नेता फेर्ने प्रस्ताव राख्नेछन् ।त्यस्तै बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया