आइतबार, चैत २९ २०७७
काठमाडौं २१:४८
वासिङटन डिसी 12:03

अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए

इनेप्लिज २०७७ फागुन १९ गते ११:५४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ हजार ७ सय ८९ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १ हजार ३ सय ६ पुगेको न्यूयोर्क टाइम्सले जनाएको छ । गत आइतबार मार्च २ का दिनका उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

अमेरिकामा हाल सम्म १० करोड २३ लाख ५३ हजार ९ सय ४० खोप वितरण भै सकेको छ भने कम्तिमा ७ करोड ८६ लाख ३१ हजार ६ सय १ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

हाल सम्म अमेरिकामा १ करोड २० लाख १ हजार ७ सय १२ कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिका कोभिड-१९ बाट मृत्यु हुनेको कूल ख्या ५ लाख १५ हजार ७ सय १० पुगेको छ ।

हाल अस्पतालमा ४६ हजार ३ सय ८८ जना अस्पताल भर्ना भएका छन ।

श्रोत :न्यूयोर्क टाइम्स

प्रतिक्रिया