बिनयकी हुनेवाला श्रीमती पुजाले भनिन्, ‘बिनयको लागि म यो जुनी नै कुर्न परे पनि तयार छु’ (भिडियो)

इनेप्लिज २०७७ फागुन १८ गते २२:४९ मा प्रकाशित

विनयजंग बस्नेत अहिले प्रहरी हिरासतमा छन्।बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो।सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन्।विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए।छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आरोप सपनाका आमाबुवाको थियो।

तर विनयजंगको प्रेमिका भनिएकी पुजा विश्वकर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् । नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपनालाई छोरी भन्दै उनको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन्।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लिल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने धम्की दिएका थिए।उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए।सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भए पछि सपनाले उजुरी दिएकी थिइन्।

भिडियो

प्रतिक्रिया