आइतबार, चैत २९ २०७७
काठमाडौं २१:०५
वासिङटन डिसी 11:20

न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप

इनेप्लिज २०७७ फागुन १८ गते १२:०९ मा प्रकाशित

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो बिरुद्ध यौन उत्पीडनबाट पीडित भन्दै तेश्रो महिला बाहिर आएकी छिन । कुमोले अनुचित व्यवहार गरेको आरोप लगाएकी छिन ।यस अघि नै कुमोलाई उनकै कार्यालयमा काम गर्ने पूर्व कर्मचारी २५ बर्षिय चार्लोट बेनेट तथा लेंजी बोइलानले गभर्नरले यौन उत्पीडन गरेको आरोप लगाई सकेका छन् ।

गत सोमबार मार्च १ का दिन ३३ बर्षिय एना रुच नामकी महिलाले गत सेप्टेम्बर २०१९ का दिन एक बिहे समारोहमा शरीरको पछाडी तल्लो भागमा हात लगाएको न्यूयोर्क टाइम्सलाई बताएकी थिइन् ।

यता उनलाई दुई जना उनकै पूर्व कर्मचारीले यौन उत्पीडनको आरोप लगाए पछि उनले न्यूयोर्कका महान्यायाधिवक्ता र प्रमुख न्यायाधीशलाई यौन उत्पीडन दावीहरूको समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह गरेका थिए ।

गभर्नर कार्यालयले गभर्नर बिरुद्ध लगाईएको यौन उत्पीडनका दाबीहरुको समीक्षा गर्न चाहन्छ भनि एक वक्तब्यमा उल्लेख गरिएको थियो ।

गभर्नर कार्यालयले न्यू योर्क राज्यका महान्यायाधिवक्ता र अपील अदालतको मुख्य न्यायाधीशले यस सम्बन्धमा राजनीतिक संलग्नता नभएका निजी अभ्यासमा स्वतन्त्र र योग्य वकिलको छनौट गर्न संयुक्त रुपमा यस विषयमा गहन समीक्षा गर्न र सार्वजनिक प्रतिवेदन जारी गर्न आग्रह गरेको गभर्नरको कार्यलयले बिज्ञप्ति समेत जारी गरेको थियो ।

उनि दिनहु विवादको दलदलमा फस्दै गएका छन् भने बिगतमा कोरोना संक्रमितको संख्यालाई समेत लुकाएको आरोप लागेको थियो ।

श्रोत :सिएनएन/अलजजिरा अमेरिका

प्रतिक्रिया