आइतबार, चैत २९ २०७७
काठमाडौं २१:३८
वासिङटन डिसी 11:53

अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए

इनेप्लिज २०७७ फागुन १७ गते ११:४९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार २ सय ४ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १ हजार ९७ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । गत आइतबार फेब्रुअरी २८ का दिनका उक्त तथ्यांक जोन्स हप्किन्स बिश्व बिद्यालयले निकालेको हो ।

खोप आए देखि अमेरिकामा संक्रमण र मृत्यु संख्या कम हुदै गै रहेको छ ।

अमेरिकामा हाल सम्म ९ करोड ६४ लाख २ हजार २ सय ९० खोप वितरण भै सकेको छ भने कम्तिमा ७ करोड ५२ लाख ३६ हजार ३ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

हाल सम्म अमेरिकामा १ करोड १७ लाख ५८ हजार ८ सय १३ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिका कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ९१ पुगेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया