आइतबार, चैत २९ २०७७
काठमाडौं २२:०६
वासिङटन डिसी 12:21

सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस

इनेप्लिज २०७७ फागुन १६ गते २३:५२ मा प्रकाशित

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का खोप सल्लाहकारहरुले आइतबार फेब्रुअरी २८ का दिन मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस गरेका छन ।

सिडिसीका निर्देशक डा रोशेल वालेन्स्कीले तुरुन्तै सिफारिसमा हस्ताक्षर गरे ।

यो तीन आधिकारिक कोभिड-१९ बिरुद्ध खोपहरू मध्ये पहिलो यस्तो खोप हो जुन एक पटक लगाए मात्र पुग्छ । गत शनिबार साँझ फेब्रुअरी २७ का दिन एफडिए (अमेरिकी खाद्य तथा औषधि प्रशासन)ले सिफारिस गर्दै अमेरिकाको लागि स्वीकृत गरेको थियो ।

“जोन्सनको खोप गम्भिर कोभिड-१९ का बिरामी, अस्पतालमा भर्ना भएका र मृत्यु रोक्न सुरक्षित र प्रभावकारी देखिएको छ,” वालेन्स्कीले एक विज्ञप्तिमा भनेका छन् ।

एफडिए यो खोपको स्वीकृति दिए संगै मार्च १ सोमबार बिहान सम्म करीव ४० लाख खोप बितरण हुनेछ भने ८ लाख खोप सिधै औषधालयमा पुर्याईने अपेक्षा गरिएको छ ।

एफडीएको सिफारिस संगै संयुक्त राज्य अमेरिकामा प्रयोग गर्नको लागि यो तेस्रो खोप भएको छ। यो एक पटक मात्र लगाउनु पर्ने खोप हो । यो खोप साधारण फ्रिज (प्रशीतक) मा पनि भण्डार गर्न सकिन्छ। यो खोप फाइजर / बायोटेक र मोडर्नाका खोपहरू भन्दा वितरण गर्न सजिलो छ ।

जोन्सन एण्ड जोन्सनले बनाएको यो खोप अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा उन्नत क्लिनिकल(रोग-विषयक) मा परीक्षण गरिएको थियो।

विश्वव्यापी रूपमा यसले मध्यम देखि गम्भीर रोगको रोकथाममा ६६ प्रतिसतको समग्र प्रभावकारिता देखाएको छ भने अमेरिकामा यसको प्रभावकारिता ७२ प्रतिसत रहेको जानकारी दिएको छ ।

यो गम्भीर रोगको रोकथाममा ८५ प्रतिसत प्रभावकारी रहेको छ । परीक्षणमा यो खोप लिने कसैको पनि मृत्यु नभएको बताईएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया