आइतबार, चैत २९ २०७७
काठमाडौं २१:२२
वासिङटन डिसी 11:37

मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु

इनेप्लिज २०७७ फागुन १६ गते २३:१३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । गत शनिबार साँझ करिव ५:३० बजे उक्त घटना भएको हो ।

प्रहरीका अनुसार प्रिन्स जर्ज काउन्टीको हिलक्रेस्ट हाइटको इभरसन एभेन्युमा भएको प्रहरिले जनाएका छन । उक्त स्थानमा प्रहरी त्यहाँ पुग्दा एक मानिस सवारी साधन अडान क्षेत्रमा अनुत्तरदायी रुपमा उत्तानो परेर ढली रहेको अवस्थामा प्रहरीले फेला पारेका थिए ।

प्रहरीले उनलाई तुरुन्तै अस्पताल लागेका थिए भने पछि उनको त्यहाँ मृत्यु भएको थियो । प्रहरीले उनको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन भने अझ सम्म कसैलाई यस सिलसिलामा पक्राउ गरिएको छैन ।

प्रिन्स जर्ज काउन्टी प्रहरीले सूचना पाउने जो कसैले पनि प्रिन्स जर्ज काउन्टी प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया