बुझ्नै नसकिने नेताहरुको चरित्र

डिग बहादुर तामांग, भेडापू, दोलखा २०७७ फागुन १६ गते १३:५३ मा प्रकाशित

बुझ्नै नसकिने नेताहरुको चरित्र
आफ्नो स्वार्थसंग मेलखाए
अंगालोमा कसिन्छ नेताहरु
स्वार्थबाझे प्रतिगमन भनेर
सडकमा चिच्याउछ्न नेताहरु
कुर्सीहरुको गोलाबारुद बनाएर
सदनमा हाना हाना गर्छन नेताहरु
चुनेर गएपछि सत्तामा पुगेपछि
आफ्ना धुपौरेहरुका लागि, लक्ष्मी बन्छन नेताहरु
बिपक्षीहरुका लागि बौलाहा कुकुर बन्छन नेताहरु
आफुहरुलाई अग्रगमन ठान्छन नेताहरु
खबरदारी गर्नेहरुलाई प्रतिगामी भनेर
टाडानाइँ बस्न रुचौंछन् नेताहरु
अन्धो जंगली हात्तीले झैँ देशको धूरिलाई बेच्न थाल्छन नेताहरु
आफुले नमानेमा यौटा नेताले , अर्को नेतालाई थुक्छन
धर्तीमा चलनमा भएको नराम्रो शब्दले अर्को नेताहरुलाई
विभूषण गरेर, सिंगारी दिन्छन, होकी जस्तो गरि
आफु तल झरे जुत्ता चाट्न पछि पर्देन नेताहरु
सेतोघरको बौलाहा कुकुर देखि टुकुचाको किनारमा बस्ने स्यालको
यस्तै छन् इनिहरुका चालामाला,
कोहि सोभियत भालुको आदेशपालक,
चरित्र यौटै हुन् नेताहरुको चरित्र ।
राजनीति गर्नेहरुको यौटै काम हो
जनतालाई झुक्याउने, आफुहरु
देशका सम्पत्ति कुम्ल्याउने
ढाँटनेहरु हुन् |

डिग बहादुर तामांग

प्रतिक्रिया