आइतबार, चैत २९ २०७७
काठमाडौं २०:५२
वासिङटन डिसी 11:07

अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

इनेप्लिज २०७७ फागुन १६ गते १३:१७ मा प्रकाशित

अमेरिकाको मिसिगन राज्यमा १४ बर्षिय किशोरीले आफ्नी ६५ हजुरआमाको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको छ । उक्त किशोरीले डेट्रोइट को उपनगर क्षेत्रको क्यानटनमा हत्या गरेकी प्रहरीले जनाएका छन् ।

उक्त किशोरीले हत्या सोमबार फेब्रुअरी २१ का दिन भान्सामा रहेको छुराले बिहान ७:१५ मिनेटमा गरेकी थिइन् । तर प्रहरीले हजुरआमाको मृत शरीर फेब्रुअरी २२ का दिन फेला पारेका थिए ।

किशोरीको मानसिक स्वास्थ्य र कारवाई बुझ्ने क्षमतालाई थप अदालत कारवाही हुनु अघि जाँच गरिनेछ ।

उनलाई प्रहरीहरुले करिव २० माइल टाडा रहेको एक अतिथि गृह(मोटेल)मा त्यही दिन पक्राउ गरिएको थियो । पीडित महिला पेशाले स्वास्थ्य परिचारिका (नर्स )थिइन् भने उनले नातिनीलाई हुर्काएकी थिइन् ।

यदी किशोरीलाई अभियोग लाग्यो भने नाबालिग या वयस्क कुन कारागारमा राख्ने सम्बन्धमा न्यायाधीशले बिकल्प प्रयोग गर्ने अभियोजक अधिकारीले जानकारी दिएका छन् ।

श्रोत : एपी/एबिसीन्युज ;तस्बिर :डब्लुएसएलएस डटकम

प्रतिक्रिया