आइतबार, चैत २९ २०७७
काठमाडौं २२:०५
वासिङटन डिसी 12:20

एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत

इनेप्लिज २०७७ फागुन १६ गते १२:४३ मा प्रकाशित

अमेरिकामा पछिल्लो समयमा जोन्सन एण्ड जोन्सन सहित कूल तीन वटा खोप बनाउने औषधि निर्माण गर्ने प्रतिष्ठानलाई एफडिएले आपतकालीन प्रयोग गर्न खोप स्वीकृत गरेको छ ।

यो संगै अमेरिकामा ३ वटा ओखति निर्माण गर्ने प्रतिष्ठानले खोप ल्याउन पाएका छन् । सबै भन्दा पहिले फ़ाइजर एण्ड बायो एन टेक ,दोश्रो मोडर्ना र तेश्रोमा जोन्सन एण्ड जोन्सनको खोप परेको छ ।

एक दिन अगाडी मात्र एफडीएको खोपहरू र सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिले १८ बर्ष वा माथि उमेरकालाई खोपको ईयुए अर्थात् आकस्मिक प्रयोगको लागि मतदान गरि सर्वसम्मतिले एफडिएलाई सिफारिस गरेको थियो ।

उक्त सिफारिसलाई स्वीकार गर्दै गत शनिबार फेब्रुअरी २७ का दिन साँझ एफडिएले आपतकालीन प्रयोगको लागि स्वीकृत दिएको हो ।

यस खोपको अनुमतिले खोपहरूको उपलब्धतालाई विस्तार गर्दछ । अमेरिकामा ५ लाख भन्दा बढीको ज्यान लिएको यस महामारीको बिरूद्ध लड्न यो खोपले सहयोग पुर्‍याउँछ,” एफडीएका आयुक्त जेनेट वुडककले एक विज्ञप्तिमा भनेका छन ।

यो खोपको स्वीकृति संगै सोमबार बिहान सम्म करीव ४० लाख खोप बितरण हुनेछ भने ८ लाख खोप सिधै औषधालयमा पुर्याईने अपेक्षा गरिएको छ ।

एफडीएको सिफारिस संगै संयुक्त राज्य अमेरिकामा प्रयोग गर्नको लागि यो तेस्रो खोप भएको छ। यो एक पटक मात्र लगाउनु पर्ने खोप हो । यो खोप साधारण फ्रिज (प्रशीतक) मा पनि भण्डार गर्न सकिन्छ। यो खोप फाइजर / बायोटेक र मोडर्नाका खोपहरू भन्दा वितरण गर्न सजिलो छ ।

जोन्सन एण्ड जोन्सनले बनाएको यो खोप अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा उन्नत क्लिनिकल(रोग-विषयक) मा परीक्षण गरिएको थियो।

विश्वव्यापी रूपमा यसले मध्यम देखि गम्भीर रोगको रोकथाममा ६६ प्रतिसतको समग्र प्रभावकारिता देखाएको छ । अमेरिकामा यसको प्रभावकारिता ७२ प्रतिसत।

यो गम्भीर रोगको रोकथाममा ८५ प्रतिसत प्रभावकारी रहेको छ । परीक्षणमा यो खोप लिने कसैको पनि मृत्यु नभएको बताईएको छ ।

श्रोत : एबिसी न्युज

प्रतिक्रिया