आइतबार, चैत २९ २०७७
काठमाडौं २१:३१
वासिङटन डिसी 11:46

डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार

इनेप्लिज २०७७ फागुन १५ गते २२:४२ मा प्रकाशित

वाशिंगटन डिसीमा प्रहरीहरुलाई हात हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई प्रहरीले गोली प्रहार गरेका छन । गत शुक्रवार उनले चक्कु हातमा बोकेर प्रहरी तर्फ अगाडी बढ्दै गर्दा प्रहरीले चेतवनी समेत दिदा अटेर गर्दा उनलाई गोली हानिएको हो ।

३३ बर्षिय माइकल हाइन्स नामक वाशिंगटन डिसी दक्षिणपूर्वका उक्त हतियारधारी व्यक्तिलाई अभियोग सहित पक्राउ गरिएको छ । गत शुक्रबार ३:३० बजे वाशिंगटन डिसीको न्यू योर्क एभेन्यु उत्तरपूर्वमा पाँचौ महानगर प्रहरी बिभागका प्रहरीहरु गस्ती गरि रहेको समयमा उक्त व्यक्ति सडकमा देखिएका थिए ।

प्रहरीका अनुसार उनलाई कैयौ पटक आदेश दिंदा नमानी उल्टै छुरी घुमाएका थिए । गस्तीमा हिडेका प्रहरी मध्येले उनलाई गोली हान्नु परेको प्रहरीले बताएका छन ।

गोली हने पछि डिसीको अग्नि नियन्त्रण आकस्मिक चिकित्सा टोलीले प्राथमिक उपचार गरेका थिए । उनलाई अस्पताल लागिएको थियो भने उनि खतरामुक्त रहेको प्रहरी बिज्ञप्तिमा जनाईएको छ ।

जुन प्रहरी अधिकारीले गोली चलाएका थिए उनि प्रशासनिक बिदामा बसेका छन । प्रहरीले उनले शरीरमा भिरेको प्रतिमायन्त्र(क्यामरा)को जाँच भै रहेको जनाइएको छ ।

श्रोत : डब्लुटिओपि

प्रतिक्रिया