अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
एनआरएनए अमेरिकाको २०१९ निर्बाचन अघि देखिएका प्रमाणित नभएका २०९३ मतदाता जसले निर्बाचनको नतिजा नै उल्टापल्टा बनाएको, प्रमाणीकरण बिना जबर्जस्ति चुनाब गराएको, नियम र प्रक्रिया पुरा नगरेको जस्ता लामो समय देखिको बिबादित बिषयमा छानबिन गर्न एनआरएनए आइसीसीले बनाएको समिति तथा उपसमितिले छानबिन सम्पन्न गरि प्रतिबेदन बुझाएको छ।
उक्त समितिका संयोजक तथा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले दिनुभएको प्रेस बिज्ञप्ति अनुसार अन्तिम प्रतिबेदन गत फेब्रवरी २५ मा आइसीसी समक्ष बुझाइएको छ।
प्रतिबेदन सार्बजनिक हुनुपर्ने कुरामा अमेरिकाका एनआरएनहरुबाट आवाज उठिरहेको छ। यदि छानबिनमा अलिकति पनि तल माथि देखिएमा वा अवैध व्यक्ति सदस्य वा मतदाता बनेको देखिएमा एनआरएनए अमेरिकाको निर्बाचित कमिटि नै बर्खास्त गरिने निर्णय र सहमति अनुसार नै २०१९ को निर्बाचन अगाडी बढेको मिटिंग माइन्युट पहिल्यै नै सार्बजनिक भैसकेको छ।
अब यस छानबिन प्रतिबेदनको निष्कर्ष अनुसार एनआरएनए अमेरिकाको बर्तमान र भबिष्य निर्धारित हुने निश्चित छ।
हवाईको होनोलुलुको एक अतिथि गृहमा गोली चले पछि अतिथगृह पूर्णबन्दी
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
प्रतिक्रिया