कान्तिपुर टेलिभिजन प्रसारण हुने ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे आउने

इनेप्लिज २०७७ फागुन १५ गते १५:१४ मा प्रकाशित

काठमाडौँ।कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ।समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ।समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ।अत्याधिक दर्शकहरुको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दार’ को मुख्य भूमिकामा बिष्णु सापकोटा (हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), रोशनी सापकोटा, सुरेन्द्र केसी (झगडे बिष्ने), शिब शर्मा, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), शान्ति बस्नेत (बाग्मती), सुशिला निरौला (बिमली) , अनुमति नेपाली, राजेन्द्र गिरि(गुन्द्रुके),बिनोद परियार,यदु धिताल,अनिता कार्की,बिन्दा दुलाल,बासुदेब खनाल,आयुष्मा कार्की,अर्जुन दम्जाली,श्याम तामाङ,यदुनाथ धिताल,रामेश्वर ढकाल रहेका छन्।छायाँकार प्रवेश पोखरेलको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन्।

प्रतिक्रिया