डा. देवी क्षेत्री दुलाल सम्मानित

इनेप्लिज २०७७ फागुन १५ गते १४:१७ मा प्रकाशित

आज २०७७ फागुन १५ गते इलाम विकास समाज,काठमाडौंले साहित्यकार डा.देवी क्षेत्री दुलालको कृति “इलामको साहित्यिक इतिहास” को अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो।

सोही कार्यक्रममा लेखक दुलाललाई विशेष सम्मान पनि गरिएको थियो।

कार्यक्रम इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो।सो कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभा सासद अगम वान्तवा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, साहित्यकारहरु धरणीप्रसाद गौतम, प्राज्ञ नन्दु उप्रेती, डम्बर पहाडी, शोमा राईले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

यसैगरी “इलामको साहित्यिक इतिहास” का लेखक दुलालले आफ्नो लेखन यात्राका बारे चर्चा गर्दै पुस्तकका बारे मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा दिनेश राई (डी. आर.), इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष टिका भट्टराई, रविन्द्र भट्टराई, सुशील थापा, पूण्य घिमिरे, नुनिता लुइँटेललगायतले बोल्नु भएको थियो।

कार्यक्रममा नाटककार समिर पाखिन, नेपाल मुक्तक प्रतिष्ठानका सचिव बादल घिमिरे, कथाकार राधा दुलाल कार्की, पत्रकार सचित राई, कलाकार विष्णु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया