लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकन गायिका तथा गीतकार लेडी गागाका हिंसात्मक अपहरणमा परेका फ्रेन्च बुलडग नामक कुकुरहरु सकुसल र सुरक्षित रुपमा पाइएका छन् । उनका दुई कुकुरलाई घुमाउने एक कर्मचारीलाई छातीमा ४ पटक गोली हानी अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए ।
गत बुधबार फेब्रुअरी २४ का दिन उक्त घटना भएको लस एन्जेलस प्रहरीले जानकारी दिएका थिए । गागाले उनका चोरी भएका कुकुरहरु फेला पार्नेलाई ५ लाख डलरको इनाम दिने घोषणा गरेकी थिइन् । । रायन फिसर नामक उनका कामदार पश्चिम हलिवुड घर नजिक गागाको कोजी ,मिस एसिया र गुस्ताभो नामक कुकुरहरुसंग राती १० बजे हिडीरहेका बेलामा आक्रमण भएको थियो ।
जबर्जस्ति लुटेर लगिएका कुकुरहरु सकुसल र सुरक्षित रुपमा पाइएको जानकारी लस एन्जेलस प्रहरी विभागले जनाएको छ । कुकुरहरु लस एन्जेलस प्रहरी विभागको ओलम्पिक स्टेसन(चौकी)फिर्ता गरिएको थियो । तर अपहरण चै हलिवुड बिभाग नजिक भएको थियो । एबिसी न्युजका अनुसार उक्त कुकुरहरु एक महिलाले पाएकी थिइन् भने उक्त महिला यस्मा संलग्न नभएको एबिसी न्युजले जनाएको छ ।
कुकुरहरुलाई कुनै क्षति पुर्याइएको थिएन भने गागाका प्रतिनिधिहरुलाई कुकुर पुनर्मिलन गराईएको थियो । अपराधीहरूलाई अझ पनि पक्रिएको छैन भने प्रहरीहरुले खोजी जारी राखेका छन् ।
उक्त घटनामा सडकमा राखिएका चित्रग्राहिणी(क्यामरा)मा गागाका कर्मचारी रायन माथि गोली चलाउदा भुईमा ढलेता पनि उनले एउटा कुकुर समाती रहेका थिए । उक्त कुकुर मिस एसिया नाम भएको खुल्न आएको थियो । उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो भने कोजी र गुस्ताभो कुकुरहरु चोरी भएका थिए ।
“तपाईंलाई थाहा छ, हाम्रो प्रिय रायन लस एन्जलसमा गत बुधवार साँझ एक भयानक, हिंस्रक अपराधको शिकार भएका थिए,” फिशर परिवारले शुक्रवार एक विज्ञप्तिमा भने। “धन्यबाद, रायनले अहिले अस्पतालमा राम्रो उपचार र हेरचाह पाइरहेका छन र उसका चिकित्सकहरूले उनि पूर्ण स्वस्थता हुने आशा गरेका छन् ।”
“अवश्य पनि हामी लेडी गागालाई पनि धन्यवाद दिन चाहन्छौं जसले रायन र हाम्रो परिवारको लागि शुरूदेखि नै निरन्तर प्रेम र चासो देखाईन ,” भनि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
श्रोत :एबिसी न्यूज
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया