आइतबार, चैत २९ २०७७
काठमाडौं २१:५५
वासिङटन डिसी 12:10

अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए

इनेप्लिज २०७७ फागुन १५ गते ११:५५ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ हजार २ सय ६२ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या २ हजार २ सय ६६ पुगेको न्यू योर्क टाइम्सले जनाएको छ । गत शुक्रबार फेब्रुअरी २६ का दिनका उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

बिगत हप्तामा औसतमा ६९,४८३ जना दैनिक संक्रमित भएका छन् भने गत दुई हप्ता अगाडी भन्दा २९ प्रतिसतले दैनिक रुपमा सक्रमित हुनेको संख्या घटेको छ । अमेरिकाको शनिबार फेब्रुअरी २७ का दिन बिहान सम्म संक्रमित हुनेको कूल संख्या २ करोड ८५ लाख ९ हजार ३ सय पुगेको छ ।

अमेरिकामा हाल सम्म ९ करोड ४३ लाख ९ हजार १० खोप वितरण भै सकेको छ भने कम्तिमा ७ करोड ४ लाख ५४ हजार ६४ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

हाल सम्म अमेरिकामा १ करोड १ लाख ५५ हजार ८ सय ३९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिका कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ लाख १० हजार ३ सय ७३ पुगेको छ ।

श्रोत :न्यू योर्क टाइम्स/अन्य

प्रतिक्रिया