खरानिको डल्ला र छेपारो:एउटै।

-सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका। २०७७ फागुन १५ गते ११:३५ मा प्रकाशित

वलीको उखान टुक्का,जोक्सकै खेल

तिन बर्ष समय,समय को जुवा खेल

नेपालमा न आयो ग्यास,न आयो रेल

भयो ३ करोड जनता प्रति जालझेल।

दुई तिहाई भएको संसदमा मेल

साम्यवाद हरुको भकुण्डो खेल,

न भयो उत्तर या दक्षिण नै गोल?

सब खरानिकै डल्लाको खेल।

कहिल्यै नबिर्स गोर्खा-चितवनकै खेल

खादैन हसिया-हथौडा र रुखको मेल

किन चेत्दैनौं अझै, छेपारोकै हो खेल

बनाऔं रुखलाई दह्रो, हाल्दै मल र जल।

 

प्रतिक्रिया