आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१४
वासिङटन डिसी 11:29

अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन

इनेप्लिज २०७७ फागुन १५ गते ३:१४ मा प्रकाशित

 

अमेरिकाको मिजौरी राज्यमा एघार बर्षिय एकमात्र सन्तान छोरीले कोरोना भाइरसको कारण आफ्ना बुवाआमा मृत अवस्थामा फेला पारेकी छिन । राष्ट्रिय समाचार र स्थानीय समाचार अनुसार दुवैलाई कोभिड-१९ भएको कारण निधन भएको जनाएका छन् ।

सेन्ट लुइस काउन्टी प्रहरीहरु गत फेब्रुअरी १८ का दिन मेह्लभिल सहित ग्लेन बे ड्राइभ को ३५०० घर समूह संख्यामा बिहान १०:३० मिनेटको स्थानीय समय अनुसार त्यहा पुगेका थिए भनि स्थानीय समाचारले उल्लेख गरेको छ ।

परिवारका सदस्यहरुले प्रहरीहरुलाई दुवै पुरुष तथा महिला कोरोनाबाट संक्रमित भए पछि स्वयम् निगरानी(क्वारेनटाइन)मा बसेको बताएका थिए । उनीहरुको नाम सार्वजनिक गरिएको छैन भने उनीहरुको उमेर लगभग ४० बर्षको हाराहारीमा रहेको बताईएको छ ।

प्रहरीले एक वक्तब्य निकाल्दै यो निधन कोभिड-१९ बाहेक अन्यबाट नभएको जनाएका छन्। चक डु जस्ले एक परिवारका सदस्यसँग कुरा गर्दै घटना “भयानक, दुखदायक घटना हो।” भने ।

उनले ११ वर्षीया किशोरी एक मात्र सन्तान हुन् । “एकचोटि दुबै बुबाआमालाई गुमाउदा ११ वर्षीयालाई बालिकाको अवस्था कस्तो होला ,यो साँच्चिकै दुखद छ,” उनले एक रेडियो अन्तर्वार्तामा उक्त कुरा भने।

उनले “गत वर्ष क्रिसमसको समयमा तिनीहरू हाम्रो ढोकामा आएका थिए र हामीलाई बिस्कुट दिएका थियौ । तिनीहरू राम्रा मान्छे थिए उनले भनेका थिए ।

श्रोत :एनबिसी न्युज

प्रतिक्रिया