बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिला ९सन् २०२०० को सूचीमा परेकी सपना रोकाले दिएको उजुरीका आधारमा पक्राउ परेका विनयजंग बस्नेतको मोवाइलमा सपनाका नराम्रा तस्बिर फेला परेका छन्।प्रहरीले सपनाका ति तस्बिर विनयजंगले कसरी प्राप्त गरे भन्ने विषयमा थप अनुसन्धान सुरु गरेको छ।वेवारिसे शव ब्यवस्थापनमा केही समय संगै काम गरेकी सपनाका बारेमा विनयजंगले अनावश्यक टिप्पणी गर्दै अ श्लिल तस्बिर आफुसंग भएको र त्यो सार्वजनिक गरिदिने चेतावनी दिएपछि सपनाले उजुरी दिएकी थिइन्।
विनयको नेतृत्वमा रहेको बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेर सपना बेवारिसे शव ब्यवस्थानको काम गर्थिन्।उनी विनयलाई बुबा भन्थिन्।विनयले पनि छोरी नै भनेर चिनाउँने गरेका थिए।तर एका एक उनीहरूको सम्बन्ध बिग्रियो।सपनाले पनि आफ्नै संस्था दर्ता गरेर त्यस्तै काम अघि बढाउन थालिन्।त्यस पछि विनयले केही युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने चेतावनी दिए।त्यसपछि सपनाले उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन्।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=p3BOTa31RDs&feature=emb_logo
प्रतिक्रिया