नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु,र्व्यवहार गरेको बताएका छन्।अरुणले पल विरुद्ध इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको खबर सार्वजनिक भएसँगै कुरा गर्दै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं।खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो।’पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ।यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको,म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो।कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो,हामी त गेष्ट हौं भनेका थिए।मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो।’
सोही समयमा कृष्ण र अरुण विच धकेलाध,केल पनि भएको पलले बताए।पलले भने–‘सामान्य विवाद भएपछि हामी अर्को टेबलमा खाना खान गयौं।होटलका वेटरहरुले मेरो धरानको साथीलाई फोन गर्नुभएछ।यसपछि २–३ जना साथीहरु आउनुभयो।उहाँहरुले के भयो भनेर सोध्नुभयो,अनी हामी त्यहाँबाट निस्कियौं। भएको यत्ती मात्र हो।’पलले कुनै पनि कार्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको भन्दै हरेक व्यक्तिलाई सम्मान गर्न आवश्यक रहेको बताए।उनले भने–‘हामी त धरानमा आफ्नो कामका लागि आएका थियौं।अरुणजीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाने वा नजाने मेरो व्यक्तिगत कुरा हो।तर, मैले म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठूलो भएको,घम,ण्डीपना देखाएको भन्दै दु,व्र्यवहार गर्न खोजियो ।’
भिडियो सहित
https://www.youtube.com/watch?v=GEdAiWDWbA0&feature=emb_logo
प्रतिक्रिया