बैंकमा पैसा छ ? त्यसो भए यो हेर्नुहोस, खातामा राखेको ४ लाख मध्येरातमा यसरी कसले झिक्यो ?

इनेप्लिज २०७७ फागुन १४ गते ३:२१ मा प्रकाशित

पोखरा।गरिमा बिकास बैंक,बिरौटा पोखरा शाखाबाट एकजना सेवाग्राहीको रकम हराएको छ।बिरौटामा बस्ने स्थानिय कला तिवारीको रकम ६ गते राती देखि ७ गते बिहान सम्म गरेर ४ लाख चोरी भएको पिडित कला तिवारीले बताउनुभएको छ।उहाँका अनुसार जग्गा बेचेको ७ लाख रुपैया ६ गते दिउसो ३ बजे आफुले जममा गरेको र त्यहि दिन राती १० बजेपछि आफ्नो खाताको रकम विस्तारै घट्दै गएको कलदा तिवारीले बताउनुभयो।खाइ नखाई गरेर जोडेको जग्गा बेचेको थिएँ, त्यो पैसा ल्याएर जम्मा गरेको ४ लाख रुपैया हेर्दा हेर्दै चोरे । गरिब दुखीलाई नै यस्तो समस्या पर्दो रहेछ।

उहाँले बेलुका १० बजे मोबाइलमा आफ्नो खाताबाट पैसा झिकेको म्यासेज आएको भएपनि देख्नुभएन।राती १२ बजे म्यासेज हेर्दा पैसा घटेको थाहा पाउनुभयो। छोरालाई बोलाएर हेर्न लगाँए,पछि बुहारीलाई पनि हेर्न लगाएा।बुहारीले पैसा हराएको भनेपछि मेरो मुटुले ठाउँ छोड्यो,म त थरथरर्ती काम्न थाँले,बेलुका बैंकमा फोन गर्दा पनि उठेन,७ गते बिहान बैंकमा खबर गरेँ।जिल्ला प्रहरी कार्यलयमा पनि खबर गरेको छु तर अहिलेसम्म पैसा पाइएको छैन।कलाले भन्नुभयो।

बैंकका बिरौटा शाखाका प्रवन्धक कमल सुवेदीले आफुले जानकारी पाउने बित्तिकै केन्द्रमा जानकारी गराएको र केन्द्रबाट थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । त्यस्तै बैंकका पोखरा क्लष्टर प्रमुख भोला प्रसाद तिवारीले उक्त रकम मोबाइल र कोडको गलत प्रयोग गरेर रकम ट्रान्सफर गरेको प्रारम्भीक रुपमा खुलेको भन्दै ग्राहाकको खाताबाट हराएको रकम जसरी पनि पत्ता लाग्ने र पिडितलाई जसरी पनि न्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालका अनुसार आवश्यक कगजात मगाएर अनुसन्धान भईरहेको छ।

पछिल्लो समय विद्युतिय माध्यमबाट हुने अपराधहरु बढिरहेका छन्।पछिल्लो समय सेवा दिने प्रतिष्पर्धाको नाममा बैंकहरुले मोबाइल बैंकिङ सेवा दिदै आएका छन्।सेवा दिने अनि सेवा लिने तर सुरक्षाको विधि बैंकहरु र स्वयम सेवाग्राहीहरुले पनि नपनाउदा विभिन्न अपराधिक घटनाबढीरहेका छन् । त्यसैले आफुले लिएको सेवा र त्यसको सुरक्षित कारोबार कसरी गर्न सकिन्छ भनेर सबै सेचत हुन जरुरी रहेको छ।

प्रतिक्रिया