मोरङको उर्लाबारी–५ का प्रविन बास्तोलाको हत्याका प्रतिवादी मध्ये एकजनालाई पूर्पक्षका लागि थुनामा र एकजना विरुद्ध तीनलाख धरौटी आदेश भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोजन दर्ता गर्दा अभियोगपत्र सहित अदालतमा उपस्थित भएका मध्ये रिकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरिएको हो।
जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार न्यायधिश सुदर्शन लामिछानेको आदेशले दर्जीलाई पूर्पक्ष र अर्का कुमार राईलाई तीनलाख धरौटी माग गरिएको छ।‘महेरमान दर्जी कसुरदार हुन भन्ने मुनासिव आधार देखिएकोले मुलुकु फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ को उपदफा १ को देहाय ‘क’ बमोजिम थुनामा राखि मुद्दाको पूर्पक्ष गर्नुपर्ने ठहर्छ’ आदेशमा भनिएको छ।
https://www.youtube.com/watch?v=yeVsM_ShePo&feature=emb_logo
प्रतिक्रिया