आइतबार, चैत २९ २०७७
काठमाडौं २१:०७
वासिङटन डिसी 11:22

अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए

इनेप्लिज २०७७ फागुन १३ गते २३:२४ मा प्रकाशित

अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागे पछि मृत अवस्थामा भेटिएका छन् ।

सन् २०१२ को अमेरिकी ओलम्पिक महिला जिम्नास्टिक(बाहुव्यायाम) टोलीका प्रशिक्षक जोन गेडर्टले युवा जिमनास्टकहरुलाई यौन दुर्व्यवहार सम्बन्धी २४ वटा अपराधको अभियोग लगाईए पछि मृत अवस्थामा फेला परेको पाइएको जनाईएको छ ।

मिशिगन महान्यायाधिवक्ता डाना नेसेलले बिहीवार बिहान उनि मृत अवस्थामा फेला परेको घोषणा गरेका छन् ।

६३ बर्षिय वृद्ध गेडर्टलाई मानव तस्करी, आपराधिक यौन आचरण र शान्ति अधिकारीलाई झूट बोलेको आरोप लगाइएको थियो । नेसेलको कार्यालयबाट जारी विज्ञप्तिमा गेडर्ट आफै त्यहाँ आउने र बिहीबार दिउँसो दोषारोपण दर्ता हुने अपेक्षा गरिएको थियो।

नेसेलले आफ्नो कार्यालयलाई उनले आफ्नो जीवन आफै समाप्त गरे भन्दै आफूलाई जानकारी गराईएको जनाएका छन् । यसमा संलग्न सबैका लागि यो दुखद कथा हो।” नेसेलले एक विज्ञप्तिमा भने।

गेडर्ट मिशिगनका प्रख्यात ट्विस्टर्स जिम्नास्टिक क्लबको पूर्व संचालक थिए। यो एउटा स्थान हो जहाँ ल्यारी नासार, अपमानित पूर्व जिम्नास्टिक चिकित्सकले युवती महिला खेलाडीहरुलाई यौन दुर्व्यवहार गरेकोमा स्वीकारे गरेका थिए ।

ट्विस्टारलाई त्यस पछि बिक्रि गरि पुन: नामाकरण गरिएको थियो । जोन गेडर्टले व्यायाम, तालिम र जिमनास्टिक प्रशिक्षणको लागि आएका युवा खेलाडीहरुसंग उनीहरुको आर्थिक फाइदाका लागि बल, धोखाधडी र जबरजस्ती प्रयोग गरेको ” भनि आरोप लगाईएको नेसेलले भने ।

श्रोत : सिएनएन

प्रतिक्रिया