आइतबार, चैत २९ २०७७
काठमाडौं २२:१८
वासिङटन डिसी 12:33

सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन

इनेप्लिज २०७७ फागुन १३ गते २०:१३ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले मनोनयन गरेकी मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा सिनेटले अनुमोदन गरेको छ । उनलाई फेब्रुअरी २५ बिहिबारका दिन सिनेटमा मतदान हुँदा ६४-३५ मतले उनलाई स्वीकृत गरि अनुमोदन गरेको हो ।

ग्रानहोमले ऊर्जा मामलामा लामो समयदेखि गहिरो चासो राख्दथिन । सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको भए ऊर्जा सचिवका लागि उनलाई शीर्ष उम्मेदवार ठानिन्थ्यो।

ग्रानहोमले मिशिगनको गभर्नरको रूपमा दुई कार्यकाल काम गरेकी छिन । सन् २००२ मा पहिलो पटक उक्त राज्यमा महिला गभर्नरमा निर्वाचित हुने प्रथम महिला हुन् ।

यसै गरि सन् २००६ मा मिसिगन राज्य गभर्नरमा बिजयी हुँदा सबैभन्दा बढी मत उनलाई खसेको थियो । उनि गभर्नर हुनु भन्दा अगाडी १९९८ मा उनि महा न्यायाधिवक्तामा निर्वाचित भएकी थिइन् । र ,उनि उक्त राज्यको लागि महान्यायाधिवक्तामा निर्वाचित हुने प्रथम महिला हुन ।

उनले सिएनएनमा पनि केही समय योगदान दिएकी थिइन् ।

श्रोत : सिएनएन

प्रतिक्रिया