आइतबार, चैत २९ २०७७
काठमाडौं २१:२३
वासिङटन डिसी 11:38

दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा

इनेप्लिज २०७७ फागुन १३ गते १७:३७ मा प्रकाशित

दुई वर्षको कानुनी लडाई पछि भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा पुगेको छ । गत सोमबार जिल्ला अधिवक्ताको कार्यालयले अभिलेख (रेकर्ड )र अन्य कागजातहरू प्राप्त गरेको छ ।

ट्रम्प उनका कर विवरण लामो समय देखि गोप्य राख्दै आएका थिए तर सर्वोच्च अदालतले ट्रम्पका वकिलहरूले निजी राख्न उनीहरूको कदमलाई अस्विकार गरि दिएको थियो ।

अमेरिकी ईतिहासमा राष्ट्रपतिका उम्मेदवार हुनेले आफ्नो कर विवरण(ट्याक्स फाइल) सार्वजनिक गर्ने चलन छ । यसको मतलव राष्ट्रपति हुने उम्मेदवारको सबै कुरा पारदर्शी हुनु पर्ने कुरामा अमेरिकी जनताहरु चाहन्छन । अहिले सम्म उम्मेदवार भएका सबैले कर विवरण बुझाएका छन् तर ट्रम्प मात्र यस्ता राष्ट्रपति हुन् जसले आफ्नो कार्यकालमा बुझाएनन ।

स्रोतले सीएनएनलाई जनवरी २०११ देखि अगस्त २०१९ सम्मका लाखौ वित्तीय विवरण,कागजातहरू,र कर विवरणको तयारीसँग सम्बन्धित सम्झौताहरु रहेको जनाएको छ ।

न्यू योर्कका डीए साइरस भ्यानस पूर्व राष्ट्रपति,वा ट्रम्प संगठन,कर ठगी, बीमा धोखाधडी, वा अन्य योजनाहरूमा संलग्न भएको बारेमा अनुसन्धान गरिरहेका छन् छ । ट्रम्पको लागि लामो समय देखि काम गरि रहेको लेखा कार्यलय माजर्स व्यवसाय (फार्म)ले कागजात हस्तान्तरण गरेको छ ।

तर तिनीहरूलाई सार्वजनिक गरिने छैन किनकि तिनीहरू बृहत निर्णायक समितिको गोपनीयता नियमको अधीनमा हुनेछन । तर यदि आपराधिक अभियोग दायर गरियो भने प्रासंगिक अंशहरू अदालतको कागजातमा प्रमाणको रूपमा समावेश गरिनेछ।

कर विवरण हस्तान्तरण गर्न १७ महिना लागेको छ ।

श्रोत :सिएनएन

 

प्रतिक्रिया