आइतबार, चैत २९ २०७७
काठमाडौं २०:३६
वासिङटन डिसी 10:51

लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी

कुकुर फेला पार्नेलाई ५ लाख डलरको इनाम

इनेप्लिज २०७७ फागुन १३ गते १६:२१ मा प्रकाशित

अमेरिकन गायिका तथा गीत कार लेडी गागाका फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी भएका छन् । उनका दुई कुकुरलाई घुमाउने एक कर्मचारीलाई छातीमा ४ पटक गोली हानीएको छ ।

गत बुधबार फेब्रुअरी २४ का दिन उक्त घटना भएको लस एन्जेलस प्रहरीले जानकारी दिएका छन् । गागाले उनका चोरी भएका कुकुरहरु फेला पार्नेलाई ५ लाख डलरको इनाम दिने घोषणा गरेकी छिन ।

टीएमजीका अनुसार रायन फिसर नामक कामदार पश्चिम हलिवुड घर नजिक गागाको कोजी ,मिस एसिया र गुस्ताभो नामक कुकुरहरु संग राती १० बजे हिडी रहेका बेलामा आक्रमण भएको हो ।

उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको छ भने कोजी र गुस्ताभो कुकुरहरु चोरी भएका छन । सडकमा राखिएका चित्रग्राहिणी(क्यामरा)मा उक्त व्यक्ति भुईमा ढलेता पनि उनले एउटा कुकुर समाती रहेका थिए उक्त कुकुर मिस एसिया नाम भएको खुल्न आएको छ ।

पीडित सतर्क हुनुको साथै प्रहरी अधिकारीहरुसंग बोलि रहेको केएबिसीले जनाएको छ । उक्त घटना पछि गागाको सुरक्षाकर्मी त्यहाँ पुगेका थिए ।

श्रोतका अनुसार फिसरको स्वास्थ्य सुधार हुदै गै रहेको छ । प्रहरीका अनुसार चोरलाई उक्त कुकुरहरु लेडी गागाको हुन् भन्ने थाहा थियो या थिएन भन्ने प्रहरीलाई स्पष्ट नभएको जानकारी टिएमजीलाई बताएका थिए । तर प्रहरीले उक्त जातका कुकुरहरुको उच्च माँग भएको बताएका छन् ।

श्रोत :सिएनएन/न्युयोर्क पोस्ट

प्रतिक्रिया