आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२९
वासिङटन डिसी 12:44

ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु

इनेप्लिज २०७७ फागुन १३ गते १४:४३ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको एक बरफिलो तालमा खस्दा एक किशोरी उनलाई उद्धार गर्ने प्रहरी समेतको मृत्यु भएको छ । साथै किशोरीलाई बचाउन गएका एक किशोर पनि गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार १६ बर्षिय किशोरी उक्त बरफिलो तालमा खस्दा चिसोको कारण निधन भएको हो । ओहायो प्राकृतिक श्रोत विभागका प्रहरी जेसन ल्यागोर उनीलाई उद्धार गर जाँदा अत्यधिक ठण्डाको कारण उनको निधन भएको पुष्टि भएको छ ।

ओहायोको हिल्सबोरो रकी फोर्क स्टेट पार्क (राज्य उद्यान)मा प्रहरीलाई खबर गरिए पछि जेसन त्यहाँ गएका थिए । अधिकारीका अनुसार ल्यागोर गत मंगलबार फेब्रुअरी २३ का दिन ६:३० बजे त्यहाँ पुगेका थिए ।

अधिकारीहरूले हाइल्याण्ड काउन्टीको २०८० एकड उद्यानमा फैलिएको रकी फोर्क तालको उत्तरतिर भिरालोको तल एउटा निजी डुंगामा भएको बताएका छन् ।

१३ बर्षिय किशोरले आफूलाई बरफ र चिसो पानीबाट बचाउनु अघि उक्त किशोरीलाई खोज्ने प्रयास गर्दा असफल भएको अधिकारीहरूले भने। किशोरलाई हाइपोथर्मिया( अल्पताप )को उपचारको लागि अस्पताल लगिएको थियो तर उनको अवस्थाबारे थप विवरण जारी गरिएको छैन।

आपतकालीन उद्धार टोलीले ती किशोरीलाई चार घण्टा सम्मको अथक प्रयास गरे र बरफको मुनि फेला पारे । तर उनलाई बचाउन सकेनन र उनलाई घटनास्थलमा मृत घोषित गरिएको थियो।

अधिकारीहरुले उक्त किशोरीको नाम सार्वजनिक गरेको छैन । यसैगरी उद्धारको लागि उक्त तालमा पुगेका प्रहरी १५ बर्ष देखि प्रहरी सेवामा आबद्ध थिए ।

श्रोत : सिबिएस न्युज डटकम

प्रतिक्रिया