आइतबार, चैत २९ २०७७
काठमाडौं २१:००
वासिङटन डिसी 11:15

अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला

इनेप्लिज २०७७ फागुन १३ गते १४:०० मा प्रकाशित

अमेरिकाको दक्षिणी राज्य आर्कन्सको एक घरमा ३ जनाको हत्या भएको छ । हत्या पछि अपहरित रहेका एक बच्चा सुरक्षित फेला परेका छन् । बुधबार प्रहरी अधिकारीहरुले बच्चालाई उत्तरी आर्कन्समा केही घण्टा पछि सुरक्षित रुपमा फेला पारेका थिए ।

साथै प्रहरीले संदिग्धलाई समेत पक्राउ गरेका छन् । आर्कन्स राज्य प्रहरीले गत मंगलबार साँझपख म्याडिसन काउन्टीको हन्ट्सभिल नजिक एक घरमा मृत अवस्थामा फेला पारेका थिए ।

प्रहरीहरुले हत्यामा संलग्न भएको शंकामा दुईवटा सवारी साधनलाई खोज्ने क्रममा गत मंगलबार १० बजे राती राज्य प्रहरीले हन्ट्सभिल भन्दा २ सय माइल टाडा बेन्टन भन्ने स्थानमा एउटा गाडी नियन्त्रणमा लिएका थिए ।

एक राइफलसहित एक यात्री गाडीबाट बाहिर निस्के र प्रहरीहरूसंग मुख लागेको राज्य प्रहरीले बताए । अन्य प्रहरीहरूले डे क्वीनका २२ वर्षीय हन्टर चेनोवेथलाई पक्रन सफल भएका थिए ।

यसै गरि राज्य प्रहरीका अनुसार अर्को सवारी साधनमा डे क्विन कै २५ बर्षिय महिला रहेकी थिइन् भने उक्त गाडीमा १ बर्ष भन्दा मुनिको बच्चा फेला परेको थियो ।

प्रहरीले मृतकहरुको पहिचान गरेका छन् । मारिएकाहरुमा ५१ बर्षिय ट्यामी लिन चेनोवेथ,५९ बर्षिय जेम्स स्टान्ली म्याकघि र २६ बर्षिय चेयेन चेनोवेथ रहेको जनाउदै पक्राउ गरिएका र मृतकहरु नातेदार रहेको जनाएका छन ।

हाल उक्त बच्चालाई मानव संसाधन सेवाको हेरचाह गृहमा राखिएको छ । गत बुधबार फेब्रुअरी २४ का दिन हत्यारा हन्टर चेनोवेथलाई वाशिंगटन काउन्टी कारागारमा राखिएको छ ।

श्रोत : एपी /एबिसी न्युज

प्रतिक्रिया