आइतबार, चैत २९ २०७७
काठमाडौं २२:२०
वासिङटन डिसी 12:35

न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला

इनेप्लिज २०७७ फागुन १३ गते १३:१४ मा प्रकाशित

न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको छ । जसको कारण अनुसन्धानकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

अनुसन्धानकर्ताको दुई छुट्टै टोलीले यस हप्ता न्यूयोर्क शहर र उत्तरपूर्वको अन्यत्र क्षेत्रमा नयाँ कोरोनाभाइरस भेरियन्ट (प्रजाति )भेट्टाएका छन् । जसले (म्युटेशन)उत्परिवर्तन उत्पन्न गर्छ र शरीरको प्राकृतिक रोग प्रतिरोधी क्षमतालाई रोक्दछ भनेका छन् ।

जेनोमिक्स (आनुवांशिक)अनुसन्धानकर्ताहरूले यसलाई प्रजाति बि.१.५२६ नामाकरण गरेका छन् । यो न्यू योर्क शहरको विभिन्न इलाकामा प्रभावित व्यक्तिहरूमा देखा पर्दछ, र “उत्तरपूर्वीमा विस्तार भएको ” जनाएका छन ।

यस प्रजाति मध्ये कै एक म्युटेसन (उत्परिवर्तन) दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको प्रजाति बि.१.३५१ नामले चिनिन्छ ।

“हामीले डिसेम्बरको अन्तदेखि फेब्रुअरीको मध्यमा पत्ता लगाउने दरमा लगातार वृद्धि देख्यौं र विगत दुई हप्तामा १२.%% ले खतरनाक रुपमा वृद्धि भएको छ,” कोलम्बिया युनिभर्सिटी मेडिकल सेन्टरको एक टोलीले एउटा प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ । तर प्रकाशित हुन् अझै बाँकी रहेको जनाएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया