आइतबार, चैत २९ २०७७
काठमाडौं २०:५९
वासिङटन डिसी 11:14

उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा

इनेप्लिज २०७७ फागुन १३ गते १:११ मा प्रकाशित

उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा फसेकी छिन । अमेरिका जस्तो देशमा सरकार लाई मुर्ख बनाउदा अदालतमा हाजिर हुनु परेको छ । उनले करिव १ लाख ५० हजार डलर चबाउन खोज्दा श्यालले कुखुराको भाले समाते झैँ उनको निगरानी गरिएकोले उनि नराम्रो संग फसेकी छिन ।

उनले १ लाख ५० हजार डलर पाए पछि निम्यान मार्कस ,नर्डस्टोर्म,लुइस भ्युटन ,हिराका पसल गएर खरिद गरेको संघीय अभियोजककर्ताले जनाएका छन् ।
२४ बर्षिय जासमिन जोनी क्लिफटन नामकि महिला गत सोमबार अदालतमा हाजिर भएकी थिइन् । उनले २५ हजार डलर धरौटी लागे पछि उनलाई मुक्त गरिएको नर्थ क्यारोलाइनाको पश्चिम जिल्ला स्थित एक वकिलको कार्यालयले जनाएको छ ।

उनले गत बर्ष साना ब्यबसाय प्रशासनसंग महामारीको कारण ब्यबसाय धरासायी भएकोले ऋणको लागि निवेदन दिएकी थिइन् । उनले नक्कली कागजपत्र बनाई १२ महिनामा कूल ३ लाख ५० हजार बार्षिक आम्दानी भएको देखाएकी थिइन् ।

उनले आफ्नो लुगा कपडाको व्यवसायबाट त्यति आम्दानी भएको प्रस्तुत गरेकी थिइन् । तर उक्त कागजपत्र २०२० को अगाडी उनले बुझाएकी थिइन् भने उको उक्त नामको व्यवसाय सेप्टेम्बर २०१९ मा बन्द गरिएको थियो ।

गत अगस्तमा उनको ऋण स्वीकृत भै उनले १ लाख ४९ हजार ९ सय प्राप्त गरेकी थिइन् । उक्त रकम पाए पछि उनले दुई दर्जन भन्दा ज्यादा पसलमा खरिद गरेकी थिइन् ।

गत फेब्रुअरी १७ मा बृहत निर्णायक समितिले उनले ठग गरेकोमा आरोप लगाएको थियो । यदि उनि माथि लगाईएको आरोप प्रमाणित भएमा उनि ३० बर्ष सम्म कारागार जान सक्ने छिन । र उनलाई १२ लाख ५० हजार डलर सम्म दण्ड हुन् सक्ने छन् ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया