गायिका अन्जु पन्तले थिर कोइरालासँग गरिन् विवाह

इनेप्लिज २०७७ फागुन १२ गते २३:४६ मा प्रकाशित

 

काठमाडौँ, १२ फागुन । गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् ।पन्तले वुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा विवाहपछि अन्जुले विवाहको भिडियो राख्दै ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

विवाहमा सिमित आफन्त तथा साथीहरु मात्रै बोलाइएको जनाइएको छ।मनोज राज सँगको सम्बन्ध विच्छेदको करिब एक दशक पछि पन्तले विवाह गरेकी हुन्।

-दैनिक नेपाल बाट

प्रतिक्रिया