दुई वर्ष भित्र सम्पूर्ण ग्रामीण मूलबाटोहरु कालोपत्रे गर्ने– प्रमुख चौधरी

इनेप्लिज २०७७ फागुन १२ गते २३:१८ मा प्रकाशित

विराटनगर,१२ फागुन।इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले आगामी दुईबर्ष भित्र नगरका सम्पूर्ण ग्रामिण क्षेत्रका मुलवाटोहरु कालोपत्रे गर्ने कार्य सम्पन्न हुने वताउनु भएको छ।

इटहरी–४ को वडा कार्यालय भवनको आज शिल्यान्यास गर्दै उहाँले वहुवर्षिय सडक योजना अन्र्तगत गाउँका मुलवाटोहरु पाँचबटा कालोपत्रे भइसकेको छन् भने अन्य योजनामा काम भइरहेको जानकारी दिनु भयो।प्रमुख चौधरीले ग्रामिण जनतालाई उपमहानगरवासी भएको अनुभूति गराउन बाटो निर्माण कार्यलाई तिव्रता दिएको बताउदै नेकपामा देखिएको विग्रहले नगरको विकासमा कुनै प्रभाव नपार्ने धारणा राख्नु भयो।

उपप्रमुख लक्ष्मी गौतमले नगरमा हुने विकास निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै नगरबासीहरुलाई आफ्नै भवनवाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको जानकारी गराउनु भयो।

उक्त वडा कार्यालय भवन रु ८६ लाख ४४ हजार ४४४ को लागतमा निर्माण हुने छ।वडा अध्यक्ष चन्द्र भट्टराई र उपमहानगरका इन्जिनियर जीवन घिमिरेले नगरका आठ वटा वडा कार्यालयको निर्माण सम्पन्न भैसकेको छ भने यस आर्थिक वर्षमा आठ वटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो।चार वटा वडा कार्यालय भवनको आगामी आर्थिक बर्षमा निर्माण गरिने छ नगरले जनाएको छ।

प्रतिक्रिया