जापानमा नमस्ते ब्याण्डको शिब रात्री कन्सर्ट हुने

इनेप्लिज २०७७ फागुन १२ गते २१:२१ मा प्रकाशित

टोकियो, २४ फेब्रुअरी । नेपालको पहिलो तथा ऐतिहासिक पृष्ठ भूमि भएको सांगीतिक ब्याण्ड नमस्ते ब्याण्डले आफ्नो ३२ औं बार्षिक उत्सव जापानको राजधानी टोकियोमा भव्यताका साथ मनाउने भएको छ ।

यही मार्च १४ तारीख़को दिन टोकियोकै ठूलो नाईट क्लब (club warp) मा आफ्नो तेस्रो संस्करणको महाशिब रात्री वल्डं म्यूज़िक फेस्टीवल २०२१ ईन् टोकियोको साथमा मनाउन गईरहेकाे ब्याण्डको संयोजक तथा भोकलिस्ट ईश्वर गुरूगंले बताउनु भयो । यस कार्यक्रममा जापानको चर्चित ब्याण्ड पिस ज्वाईन्ट(पिजे), ईन्दगुरूगं, एआइओ शानो, कोनिता एण्ड गेटु, दिपेश एण्ड द बड्स, द भ्वाईस अफ नेपालबाट नकाउट राउंड प्रबेस गरेका कुमार गुरूगं (काले) र उनको ब्याड मर्करी, जापानकै चर्चित नेपाली रक सिगंर नबराज दावेन र उनको ब्याण्ड डे ड्रिमर, अजय एण्ड ओस्त्र ब्याण्ड, अम्बर गुरूगं र राष्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल जापानका कलाकारहरू समेतको प्रस्तुति रहने छ ।

नेपाल जापान सांस्कृतिक प्रतिष्ठान आयोजक रहेको यस कार्यक्रममा नमस्ते ब्याण्डको बिशेष र आकर्षक प्रस्तुती रहने जनाईएको छ । सन् असीको दशकको उत्तरार्धमा जाउ हैं पोखरा, शान्ति शान्ति, चरि मर्यो सिसैको गोलिले जस्ता अजर अमर गितहरू तथा राष्ट्रीयता, संस्कार, संस्कृति झल्कने नेपाली सुमधुर धुनहरू(हिमालय फिलिगं, भोल १,२) रेकर्ड गरेर अन्तराष्ट्रीय स्तरमा नेपाली संगीत पहिचान गरी चिनाउनमा तत्कालीन समयमा नमस्ते ब्याण्डको ठूलो भुमिका रहेको थियो ।

भिजिट नेपाल १९९८ को अवसरमा विश्वको अग्लो स्थान(कालापत्थर)मा वर्ल्ड हाईयेष्ट पिस कन्सर्ट गरेर गिनिज वर्ल्ड नोमिनेशन) नै रच्न व्याण्ड सफल भएको थियो , लगत्तै पर्यटन वर्ष १९९८ को अवसरमा नेपालमा नै पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची-महाकाली सङ्गीत यात्रा सम्पन्न गरेको थियो ।

 

प्रतिक्रिया