आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१८
वासिङटन डिसी 11:33

द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार

इनेप्लिज २०७७ फागुन १२ गते २०:५३ मा प्रकाशित

गत मंगलबार चर्चित अमेरिकन गल्फ खेलाडी टाइगर वुड्सले द्रुतगतिमा गाडी चलाएको कारण दुर्घटनामा परेका कारण उनको खुट्टामा फलामे डन्डी राखिएको संचार माध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार उक्त राजमार्गमा केही अवरोध नुहुदा उनको गाडी दुर्घटनामा परेकोले प्रहरीले छिटो गतिमा गाडी कुदाएकोले दुर्घटना परेको विश्वास गरेका छन् ।

उनको खुट्टाको सल्यक्रिया पछि उनि उठेका,उत्तरदायी हुन् थालेका र स्वास्थ्यमा सुधार भै रहेको जनाइएको छ । लस एन्जेलसको एक राजमार्गमा दुर्घटनाको खबर पाए पछि सबै भन्दा पहिला लस एन्जेलसका प्रहरी सहायक कार्लोस गोन्जालेज त्यहा पुगेका थिए ।

निकै ठूलो दुर्घटना भएकोले उक्त समयमा वुड आफै उठन सकेका थिएनन् । गत मंगलबार फेब्रुअरी २३ का दिन बिहान स्थानीय समय अनुसार ७:१२ मिनेटको समयमा दुर्घटना भए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

अग्नि नियन्त्रण तथा उद्धार टोलीका अनुसार वुड गाडीमा च्यापिएका थिए भने उनलाई उनका कमर्चारीले बाहिर निकालेका थिए । ४५ बर्षिय प्रख्यात गल्फ खेलाडी ७ बजेको केही क्षण पछि दूर्घटनामा परेका थिए ।

उनको गाडी दुर्घटना हुँदा त्यहा रहेको ढिस्को ,रुख र जमिनलाई समेतलाई ठक्कर दिएको थियो । उनको खुट्टा भाचिएको भएता पनि उनि बेहोस नभई शान्त संग बसेका थिए ।

उनको तल्लो दाहिने खुट्टा र गोलीगाँठो हार्बर-यूसीएलए मेडिकल सेन्टर(चिकित्सा केन्द्र )मा लामो आपतकालीन शल्यक्रिया गरिएको वक्तब्यमा भनिएको छ।

खुट्टा भाचिएको अर्थात् हड्डी दुई भन्दा बढी भागमा टुक्रिएको छ । र ,उक्त टुक्रिएको हड्डीलाई खुला हावामा राखेमा संक्रमणको जोखिम हुने भएको प्रमुख चिकित्सा अधिकारी चिकित्सक अनीश महाजनले वक्तब्यमा उल्लेख गरेका छन् ।

हाडजोर्नी तथा चोटपटक (आर्थोपेडिक ट्रामा )विशेषज्ञहरूले टिबिया र फिबुला नामक हड्डीहरू ,गोलीगाँठोको हड्डीहरूलाई स्थिर गर्न, र खुट्टाको मांसपेशी र नरम-तन्तुको प्रभावलाई स्थिर राख्न टिबिया(नली )मा एउटा इस्पातको डन्डी घुसाइएको महाजनले बताए ।

उनले एसयुभि जेनेसिस २०२१ नामक सवारी साधन चलाएका थिए । उनको गाडी सयौ फिट सडक भन्दा मुनि बलड्याङ्ग खाएको थियो । उक्त सडक भिरालो र तल माथि भएको कारण तिब्र गतिमा चलाईएकोले दुर्घटना हुन् पुगेको हो ।

श्रोत :सिएनएन

 

प्रतिक्रिया