आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१४
वासिङटन डिसी 11:29

जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए

इनेप्लिज २०७७ फागुन १२ गते १९:५१ मा प्रकाशित

अमेरिकी खाद्य र औषधि प्रशासन(एफडिए)ले जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने जनाएको छ । एफडिएले औषधिको विश्लेषण सार्वजनिक गर्दै जोन्सनलाई आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ ।

एफडिएका अनुसार जोन्सनले सवै आवश्यक कुराहरु पुरा गरेकोले आकस्मिक रुपमा प्रयोग गर्न दिइएको हो ।

सबै भौगोलिक क्षेत्रहरूमा मध्यम देखि गम्भीर कोभिड-१९ बिरूद्ध जोन्सन एण्ड जोन्सन खोपको एकल खुराक खोप लिएको कम्तिमा १४ दिन पछि ६६.९ प्रतिसत र खोप लिएको कम्तिमा २८ दिन पछि प्रभावकारिता बारे नयाँ विश्लेषणसहित संक्षिप्त जानकारी सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिले दिएका छन् ।

“उमेर, प्रजाति, जातीयता, वा पहिले सार्स-कोभ-२ संक्रमणद्वारा उपसमूह विश्लेषणमा कुनै खास सुरक्षा मामला पहिचान गरिएको थिएन,” विश्लेषणले भन्यो ।

बुधवार जारी गरिएको एक विश्लेषणमा अमेरिकी खाद्य र औषधि प्रशासन(एफडिए)ले जोन्सन एडन जोन्सनको कोभिड-१९ बिरुद्ध खोपले आपतकालीन उपयोगको अनुमतिको आवश्यकतालाई पूरा गरेको भनि जनाएको छ ।

संक्षिप्त कागजात बारेमा एफडिए ले खोपको तथ्याङ्कको समिक्षा गरेको बताउदै कोभिड-१९ लाई रोक्न खोपका लागि एफडीएको निर्देशनमा आपतकालीन प्रयोगको लागि सिफारिस गरेको उल्लेख गरेको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया