भवितव्य भनिएको घटना हत्या भएको

इनेप्लिज २०७७ फागुन १२ गते १२:२० मा प्रकाशित

विराटनगर,१२ फागुन।मोरङको उर्लाबारीमा गएको पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ।

साथीहरुसँगै सुतेका उर्लाबारी नगरपालिका वडा नं ५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो।मृतकका परिवारजनले यो स्वभाविक मृत्यु नभई हत्या भएको हुन सक्ने कडा प्रतिवाद गरेपछि प्रहरीले थप अनुसन्धान थालेको थियो।मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणी सहित कडा प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै हो प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

उहाँले घटनाको छानबिनमा केही ढिलाई भएपनि दोषी उम्कन नदिने दावी गर्दै पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमीकमजोरीका विषयमा पनि छानबिन भइरहेको धारणा राख्नुभयो।

प्रतिक्रिया