टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
बिश्व प्रसिद्ध गल्फ खेलका अमेरिकन खेलाडीको गाडी दुर्घटनामा परेको छ । प्रहरीका अनुसार राजमार्गमा केही अवरोध नुहुदा उनको गाडी दुर्घटनामा परेको हो । प्रहरीले उनले उक्त राजमार्गमा छिटो गतिमा गाडी कुदाएको हुनाले दुर्घटना परेको विश्वास गरेका छन् ।
दुर्घटनाको खबर पाए पछि पहिला लस एन्जेलसका प्रहरी सहायक कार्लोस गोन्जालेज त्यहा पुगेका थिए । उक्त समयमा उनि आफै उठन सकेका थिएनन् ।
प्रहरीका अनुसार उनि बेहोस भएका थिएनन । दुर्घटना मंगलबार बिहान स्थानीय समय अनुसार ७:१२ मिनेटको समयमा छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अग्नि नियन्त्रण तथा उद्धार टोलीका अनुसार वुड गाडीमा च्यापिएका थिए ।
उनलाई उनका कमर्चारीले बाहिर निकालेका थिए । उनले चलाएको सवारी साधन एसयुभि जेनेसिस २०२१ को रहेको बुझिएको छ । उनलाई हार्बर -युसिएलए चिकित्सा केन्द्रमा भर्ना गरिएको छ ।
उनको गाडी सयौ फिट सडक भन्दा मुनि बलड्याङ्ग खाएको थियो । उक्त सडक भिरालो र तल माथि भएको कारण तिब्र गतिमा चलाईएकोले दुर्घटना निम्त्याएको प्रहरीले विश्वास गरेका छन् ।
उनको खुट्टा भाचिएको छ भने उनको अवस्था चिन्ताजनक नभएको प्रहरीले बताएका छ ।
श्रोत :सिएनएन
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया