मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेलनै प्रहरीको अनुसन्धानमा तानिएका छन्।गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो।साथीहरु सँगै खान पिन गरेर सँगै गएका बास्तोलाको रह,स्यमय मृत्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु प्र,तिवादी बनाएर कार,वाहि अगाडि बढाएको थियो ।
तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मुद्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो । गत आइतबार मृतकका परिवार र केही स्थानीयको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्तोलाको मिसिल फाइल देखाउने क्रममा मिसिलमा मृ,तक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य असम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरेको तथ्य सार्वजनिक भएको हो।यही बिषयलाई बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले आफ्नो तर्क राखेका छन।
हेरौ उनको बिचार
https://www.youtube.com/watch?v=01Q6ciwpk_4&feature=emb_logo
प्रतिक्रिया