उर्लाबारी काण्ड प्रविण बास्तोला मृत्यु प्रकरणः प्रहरी निरीक्षक पोख्रेलसहित ४ आरोपी अनुसन्धानमा तानिए (भिडियोसहित)

इनेप्लिज २०७७ फागुन ११ गते १०:५० मा प्रकाशित

उर्लाबारी।मोरङको उर्लावारी–५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लावारीका निरिक्षक उद्धब पोख्रेल सहित ४ आरोपी प्रहरीको अनुसन्धानमा तानिएका छन्।

गत पुष ४ गते उर्लावारी(६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरु सगै सुत्न गएका बास्तोला पुष ५ गते विहान ११ बजे तिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो।

साथीहरु सगै खानपिन गरेर सगै गएका बास्तोलाको रहस्यमय मृत्यु भएपछि उर्लावारी प्रहरीले बास्तोलाका साथीहरु उर्लावारी(६ का ३१ वर्षीय राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी,दिपेश पौडेल लाई प्रतिवादी बनाएर कार्वाही अगाडी बडाएको थियो।

तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मुद्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो।

प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो।

तर उनीहरुलाई छाडीएको १ महिना पनि वित्न नपाउदै इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलको अनुसन्धान प्रक्रियामानै त्रुटि रहेको आफन्तले फेला पारेपछि प्रहरी निरिक्षक पाख्रेल सहित राजेश रण पहेली, रिकेश शिवा भनिने राकेश दर्जी,दिपेश पौडेल र मेहरमान दर्जी पुनः अनुसन्धानको दायरामा परेका छन्।

https://www.youtube.com/watch?v=1DfhRs5inrs&feature=emb_logo

प्रतिक्रिया