आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:०८
वासिङटन डिसी 20:23

लागू पदार्थ कारोवारका मुख्य व्यक्ति एल चापोकी पत्नी लागू पदार्थ कारोवारमा संलग्न भएको आरोपमा भर्जिनियामा पक्राउ

इनेप्लिज २०७७ फागुन ११ गते २:५७ मा प्रकाशित

लागू पदार्थ कारोवारका मुख्य व्यक्ति जाक्विन एल चापो गुजम्यान लोएरा की पत्नी लागू पदार्थ कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले भर्जिनियामा पक्राउ गरेको छ ।

उनलाई फेब्रुअरी २२ सोमबारका दिन अन्तर्राष्ट्रिय लागू पदार्थ कारोवारमा संलग्न भएकोले पक्राउ गरिएको न्याय बिभागले घोषणा गरेको छ । ३१ बर्षिय ईमा कोरोनेल आइसपुरोलाई भर्जिनिया स्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा पक्रिएको हो ।

उनले १ किलो हिरोइन,५ केजी भन्दा ज्यादा कोकिन ,१ हजार किलो भन्दा ज्यादा गाँजा र ५ सय ग्राम भन्दा ज्यादा मेथामफेटामिन्स गैर कानुनी रुपमा अमेरिकामा भित्र्याएकोले उनलाई आरोप लगाईएको न्याय विभागले जनाएको छ ।

उनि मंगलबार प्रथम पटक वाशिंगटन डिसी स्थित युएस जिल्ला अदालतमा जुम मार्फत उपस्थित हुनेछिन । उनले आफ्ना पतिलाई जुलाई ११ ,२०१५ मा मेक्सिकोको कारागारबाट भाग्न अरुलाई षडयन्त्र गरेकी थिइन् ।

जनवरी २०१६ मा गुजम्यान पुन पक्राउ परे पछि उनकी पत्नीले अर्को कारागारबाट अमेरिका सुपुर्दगी गर्नु अगाडी भगाउने योजना समेत गरेको उनलाई आरोप लगाईएको छ ।

गुजम्यान उनका पतीलाई सन् २०१९ मा न्यायपिठ टोलीले अभियोग लगाई ३० बर्षको लागी संघीय कारागारमा चलान गरेको थियो ।

श्रोत :सिएनएन

प्रतिक्रिया