कोरोनाबाट ५ लाख अमेरिकनहरुको मृत्यु भएकोमा बाइडेनद्वारा सम्मान
कोभिड-१९ को कारण ५ लाख अमेरिकनहरुको मृत्यु भएकोमा राष्ट्रपति जो बाइडेनले श्रद्धापूर्वक मृत्यु भएका प्रति भावपूर्ण सम्मान गरेका छन् । राष्ट्रपति बस्ने व्हाइट हाउसमा मैनबत्ति बालिएको छ । राष्ट्रपति बाइडेनले राष्ट्रक नाममा सम्बोधन पनि गरे ।
“आज हामी वास्तवमै एउटा डरलाग्दो र ह्रदय विदारक ऐतिहासिक अङ्क कोर्दैछौ ,५ लाख ७१ जनाको मृत्यु ” बाइडेनले भने। “पृथ्वीमा अरू कुनै पनि राष्ट्रको तुलनामा यो भाइरसको कारण जीवन गुमाएका छौ । तर अमेरिकामा हुने यो सामूहिक मृत्युको मात्रालाई हामी स्वीकार्ने क्रममा प्रत्येक व्यक्ति र उनीहरूको जीवनलाई सम्झौं,” उनले भने।
“हामी प्राय जसो ‘साधारण अमेरिकी’ भनेर वर्णन गरिएको व्यक्तिहरूको सुन्न पाउँछौं। त्यहाँ त्यस्तो कुनै कुरा छैन। त्यहाँ उनीहरूको बारेमा साधारण केही छैन। हामीले गुमाएका मानिसहरू असाधारण थिए। उनीहरूले पुस्ता बनाएका थिए। अमेरिकामा जन्मे, अमेरिका बसाई सरे पनि त्यस्तै धेरैले आफ्नो अन्तिम सास अमेरिकामा लिए, बाइडेनले भने। ।
“एक राष्ट्र भएको नाताले हामी त्यस्तो क्रूर दुर्भाग्यलाई स्वीकार्न सक्दैनौं। यति लामो समयदेखि हामी यस महामारीको बिरूद्ध लडिरहेछौं, हामीले शोकको संघर्ष बाट बच्नुपर्नेछ। हामीले प्रत्येक जीवनलाई तथ्यांक वा धमिलो वा समाचारमा हेरेर प्रतिरोध गर्नु पर्छ ।
निधन भएकाहरूको सम्मान गर्न हामीले यसो गर्नै पर्दछ, तर त्यस्तै महत्त्वपूर्ण, जिउँदोको हेरचाह गर्ने, उनीहरूले छोडेका प्रियजनहरूका लागि। ” उनले भाबुक हुँदै भने ।
श्रोत :एबिसी न्यूज
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया