सदस्यता दर्ता गरेका तर अप्रुभ नभएका आवेदनले आफ्नो बिवरण सच्याउने समय फेब्रुअरी २८ तारिख ११.५९ PM (EST) सम्म थप

इनेप्लिज २०७७ फागुन ११ गते १:५६ मा प्रकाशित


२०२१ फेब्रुअरी १५ को ११.५९ (PM) अमेरिकी पूर्वीय समयसम्म पेमेन्ट पूरा भएर मेम्बरसिप भेरिफिकेसनमा आएका सबै आवेदन अप्रुभ हुने वा नहुने बारे हामीले पहिले सूचित गरे अनुसार नै फेब्रुअरी १८ सम्ममा कारण सहित ईमेल गरिसकेका छौ।अप्रुभ नभएका आवेदनलाई आवेदनमा उल्लेख भएको इमेलमा अप्रुभ नहुनुको कारण र आवेदनलाई सच्याउन फेब्रुअरी २२ तारिख ११.५९ PM (EST) सम्मको समयसीमा cut off date) निर्धारण गरीएको र त्यसै अनुरूप इमेल, सामाजिक संजाल र visual update मार्फत् जानकारी समेत गराइएको हो।आवेदन अप्रुभ नभएका व्यक्तिहरुले फेब्रुअरी २२ तारिख ११.५९ PM (EST) भित्रमा इमेलमा उल्लेख भए अनुरूप आवेदन सच्याउने कार्य गरीसक्नु हुन अनुरोध गरिएकोमा हालसम्म आवेदन अप्रुभ नभएका बहुसंख्यक आवेदकहरुले सच्याएको नपाइएकोले आवेदन सच्याउने समय आइतबार फेब्रुअरी २८ तारिख ११.५९ PM (EST) सम्म थप गरिएको जानकारी गराइन्छ।

आवेदन अप्रुभ नभएका आवेदकहरुलाई पुनःएकपटक इमेल गरिनेछ।थप गरिएको समय फेब्रुअरी २८ तारिख ११.५९ PM (EST) सम्म नसच्याइएको आवेदनहरु अप्रुभ गर्न नसकिने हुनाले स्वतः रीजेक्ट हुनेछन्।

Membership verification संग सम्बन्धित कुनै जिज्ञासा, गुनासा वा सवालहरु भएमा आफ़्नो पहिचान (नाम र NRN ID नम्बर) उल्लेख गरी registration मा प्रयोग भएको आफ़्नो इमेल बाट [email protected] मा सम्पर्क गर्नुहोला।गुनासो/सवालको हकमा तथ्य र प्रमाण अनिवार्य संलग्न भएको हुनुपर्नेछ।

ध्यानाकर्षण र सहयोगका निम्ति धन्यवाद।

डा. राजन पन्त
Chairperson
Membership Verification Committee 2021-23
NRNA NCC USA

प्रतिक्रिया