आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:३९
वासिङटन डिसी 20:54

भर्जिनियामा ७३ बर्षिय महिलाले पतिलाई वाहनमार्गमा गाडी राख्न मद्दत गर्दा दुर्घटना हुँदा पत्नीको मृत्यु

इनेप्लिज २०७७ फागुन ११ गते १:३५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा ७३ बर्षिय महिलाले आफ्नो पतिलाई वाहनमार्ग(ड्राइभ वे )मा गाडी राख्न मद्दत गर्दा दुर्घटना हुँदा पत्नीको दुखद निधन भएको छ ।

उनले आफ्नै घरको वाहनमार्ग(ड्राइभ वे )मा पतिलाई निर्देशन दिदै गर्दा नियन्त्रण गर्न नसक्दा आफ्नै पत्नी मारिएकी छिन । उक्त महिलाले एसयुभी ((खेलकूद उपयोगिता वाहन)जातको गाडीलाई सहायता गर्दा दुर्घटना परेको प्रहरीले जनाएका छन् ।

उक्त दुर्घटना फल्स चर्च स्थित ६३०० लेकवुड ड्राइभमा गत आइतबार साँझ करिव ५:४५ मा भएको हो । उक्त मानिसले आफ्नी पत्नी भनि बताएका थिए भने महिलाको नाम क्याथरिन एन बालसिस भएको पहिचान भएको छ ।

२००६ मा बनेको टोयोटा फोर्थरनर रहेको प्रहरीले जनाएका छन् । पतिले गाडी नियन्त्रण गर्न नसक्दा उनलाई ठोकीएको थियो भने उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले अनुसन्धान गरि रहेका छन भने मध्यपान दुर्घटनाको कारण नभएको प्रहरीले जनाएका छन् ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया