आइतबार, फागुन २३ २०७७
काठमाडौं ०८:१३
वासिङटन डिसी 21:28

जगत सुबेदी द्वारा गैर आवासिय नेपाली सँघ भर्जिनियाको अध्यक्ष पदको उम्मेदवारी घोषणा

इनेप्लिज २०७७ फागुन १० गते २३:५६ मा प्रकाशित

नमस्कार !

गैर आवासिय नेपाली सँघ भर्जिनियाको निकट भविष्यमा हुन गईरहेको अधिवेशनमा म पनि अध्यक्ष पदमा रहेर सेवा गर्न ईच्छुक भएकोले NRN भर्जिनियाको अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दछु।

NRN भर्जिनियाका सदस्यज्यूहरूले आआफ्नो अमूल्य मत दिएर मलाई सेवा गर्ने अवसर प्रदान गर्नु हुने छ भन्नेमा म पूर्ण विश्वस्त छु।म अनेसास वाशिङ्गटन डि सी मेट्रोमा रहेर पनि योगदान गर्दै आएको कुरा यहाँहरु समक्ष जग जाहेर नै छ। NRN लाई अत्यधिक युबाहरुको साथ सहयोग र अपेक्षा रहदै आएको छ। आगामी दिनहरुमा नयाँ पुस्तालाई नेपाली पन र मनले भरपुर संस्कृति पुस्तान्तरण् गर्न आवश्यक छ।जसले हामीलाई अमेरिकी भूमीमा चिनाउदै उन्नति प्रगति गराउन सहयोग गर्नेछ। यिनै सपनालाई साकार पार्न अवछिन्न रुपमा अबिचलित हुँदै लक्ष पथमा निरन्तरता दिन मैले कुनै कसर बाँकी राख्ने छैन। निस्वार्थ भावले सक्दो सेवा गर्नुलाई नै मैले समाजसेवा मान्दै आएको छु पनि।

समाजका हित बिपरित नेपालको राजनीतिलाई अमेरिकामा ल्याएर समाज भाँड्ने,स्वार्थ सिद्ध गर्न समाजलाई बजार र उपभोक्ता सम्झने ,नेपाली सोझोपनको फाईदा उठाएर झुठो ब्यापार गर्दै नेपालीहरूको बेइज्जत गराउने काम कार्बाहीको म सदा बिरोधी छु र हुनेछु।म सदा नेपाली मनहरूलाई जोड्दै नेपाली पन चिनाउन लागि रहने छु।यहाँहरुलाई अबगतै छ,बिगतका दिनहरुमा NRNA सँस्था झोला या कुनै बन्द कोठामा मात्रै सिमित रहेर चुनावी रमझममा मात्रै उदाउने मानौ पौष महिनाको घाम् जस्तो मात्रै हुने गरेको कुरा कुनै नौलो भने होइन।यि सबै कुराहरुलाई मध्य नजर् गर्दै सँस्था भित्रको कालो बादललाई चिर्ने सुनौलो अबसर मतदाता ज्यूहरूले प्रदान गर्नु हुनेछ भन्ने दृढ विश्वाश लिएको छु।

यहाँहरू सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।
धन्यवाद

तपाईहरूको,
जगत सुबेदी
सेन्टरभिल भर्जिनिया
फोन:- 703-401-3329
ईमेल:-[email protected]

प्रतिक्रिया